कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

रात्रिकालीन टेबलटेनिस : पुरुष टिम इभेन्टमा वडा ११ लाई स्वर्ण

काठमाडौँ — वडा ११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । वडा ११ का नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजीप वज्राचार्यको टोलीले वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीलाई ३–२ ले फाइनलमा पराजित गरे । वडा १२ र वडा ९ तेस्रो भए ।

रात्रिकालीन टेबलटेनिस : पुरुष टिम इभेन्टमा वडा ११ लाई स्वर्ण

वडा ११ टोली पुष्परत्न शाक्य पनि थिए । टिम इभेन्टको सूचीमा भए यो स्पर्धा खेल्नुअघि नै उनको निधन भएको थियो । सम्मानस्वरुप वडा ११ को टोलीले उनको नामसमावेश गराएको हो । केही दिनअघि यही प्रतियोगिता खेल्ने क्रममा उनको हृदयघातका कारण निधन भएको थियो ।

यू–१६ ब्वाइज सिंगल्समा वडा २० का इरिस शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य जिते । उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोस्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इभान्सी महर्जनले कांस्य हात पारे ।

यू– १२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का आयनराज शाक्य र वडा ९ का निर्वाण वज्राचार्यले कांस्य जिते । गर्ल्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोस्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेस्रो भए ।


प्रकाशित : मंसिर २३, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×