कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नेपोलीलाई हराएर युभेन्टस शीर्षमा

काठमाडौँ — फेडरिको गाटीले गरेको एक मात्र गोलमा युभेन्टस शुक्रबार डिफेन्डिङ च्याम्पियन नेपोलीलाई १–० ले पराजित गर्दै इटालीको 'सिरी ए' को शीर्ष स्थानमा उक्लेको छ । डिफेन्डर गाटीले ५१ औं मिनेटमा गोल गरका हुन् ।

नेपोलीलाई हराएर युभेन्टस शीर्षमा

यो जितपछि युभेन्टसको १५ खेलबाट ३६ अंक भएको छ र यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको मात्र अग्रता हो । इन्टरले एक खेल कम खेलेको छ । शीर्ष चारमा अन्य टिममा एसी मिलानको २९ र एएस रोमाको २४ अंक छ । नेपोली भने २४ अंकमै पाँचौं स्थानमा छ र उसको आफूले जितेको लिग उपाधि रक्षा अभियान कमजोर रहेको छ ।


प्रकाशित : मंसिर २३, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×