कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

आर्मी टिम च्याम्पियन

अनिश तिवारी

सिन्धुपाल्चोक —  त्रिभुवन आर्मी क्लबले बाह्रबिसे बजारमा भएको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ट्रफी जितेको छ । बाह्रबिसे नगरपालिकाको सहआयोजनामा खुर्सानीबारी कर्भडहलमा भएको प्रतियोगितामा आर्मीले १० स्वर्ण, ६ रजत र ३ कांस्य १९ पदक जितेको थियो ।

आर्मी टिम च्याम्पियन

सात प्रदेश, तीन विभागीय टोली आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका २ सय ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी पनि प्रतिस्पर्धी थिए । सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेमबहादुर भण्डारीका अनुसार ७ स्वर्ण, ६ रजत र १ कांस्यसहित नेपाल पुलिस क्लब दोस्रो भयो । एपीएफले ३ स्वर्ण, ७ रजत र ५ कांस्य पदक पाए जित्यो । आयोजक सिन्धुपाल्चोकले एक स्वर्ण र ६ रजत पदक जितेको थियो ।

महिलातर्फ एपीएफकी दीक्षा तामाङ (४९ केजी) र पुरुषतर्फ पुलिसका सागर घिमिरे (६८ केजी) उत्कृष्ट खेलाडी घोषित भए । विजेता टिमले ७० हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजारसहित ट्रफी जितेका थिए । उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरियो । यसअघि २०६९ सालमा पहिलो र ०७१ सालमा दोस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भएको थियो ।

प्रकाशित : मंसिर २३, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×