कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कमलबजारलाई भलिबल उपाधि 

मेनुका ढुंगाना

अछाम — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पालिकास्तरीय महिला खुल्ला भलिबल प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले जितेको छ । 

कमलबजारलाई भलिबल उपाधि 

सम विकास नेपालले आयोजना गरेको प्रतियोगितामा कमलबजारले उपाधि हात पार्दा पञ्चदेवल विनायक नगरपालिका द्वितीय, मेल्लेख गाउँपालिका तृतीय बने ।

प्रथमले १ लाख ५० हजार, द्वितीयले ८० हजार, तृतीयले ४० हजार रुपैयाँ पुरस्कार पाएका छन् । जनशिखा क्याम्पस मेल्लेखले २० हजार राशिको सान्त्वना पुरस्कार जितेको छ ।

प्रतियोगितामा ६ जना उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल दिइएको छ ।

स्वास्थ्यका लागि र राष्ट्रका लागि मात्रै खेलकुद नभएर महिला सशक्तिकरणका लागि पनि खेलकुद आवश्यक रहेको आयोजक सम विकास नेपालकी कार्यकारी निर्देशक पशुपति कुवँरले बताइन् । ‘यो खेलबाट क्षेत्रीय र राष्ट्रिय गेम खेल्न सक्ने महिला अछाममा देखिएको छ । अछामका महिलालाई माथिल्लो तहका प्रतियोगितामा समावेश गराउन हामी अहिलेबाट नै लागिरहेका छौं,’ उनले भनिन् ।

मंगलबार सुरु भएको प्रतियोगितामा १० स्थानीय तहका १० टिम र अन्य दुई टिमले भाग लिएका थिए ।

प्रकाशित : मंसिर २२, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×