कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टीकापुर र धनगढी स्पोर्ट्स विजयी

धनगढी — लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौं संस्करणमा शुक्रबार युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।

टीकापुर र धनगढी स्पोर्ट्स विजयी

समूह ‘बी’ मा युथ अफ टीकापुरले दोस्रो जित पायो । टोलीले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले हरायो । समूह ‘ए’ मा धनगढीले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा १ सय ३६ रनको लक्ष्य पाएको धनगढीले २० ओभरमा ८ विकेट गुमाई १ सय २ रनमात्र बनायो । सार्थक धितालले ३७, मान साउदले १८ र विजय रानाले १२ रन जोडे । युथ अफ टीकापुरका प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए । सुमित महर्जनले २, मोहम्मद हुसेन र प्रकाश जैसीले १–१ विकेट लिए ।

यसअघि टस जितेको युथ अफ टीकापुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । हरि चौहानले २९, गौतम केसीले २६, प्रदीप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए । अतिरिक्तबाट २६ रन पायो । धनगढीका लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए । उनले ४ ओभरमात्र ८ रन खर्चिए । नीरज ऐरले २, हिक्मत महरा र मान साउदले १–१ विकेट लिए ।

दोस्रो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्सले दिएको १ सय १० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट पूरा गरेको थियो । प्रनित थापाले अविजित अर्धशतक बनाए । प्लेयर अफ द म्याच घोषित प्रनितले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । वसन्त कार्कीले अविजित २७ बनाए । ३२/४ को अवस्थामा प्रनित र वसन्तले पाँचौं विकेटमा अविजित ७८ रनको साझेदारी गरे । शुक्लाफाँटाका सुशील रावलले २, कैलाश ऐर र वसन्त खत्रीले १–१ विकेट लिए ।

यसअघि टस जितेको शुक्लाफाँटाले २० ओभरमा ७ विकेट गुमाई १ सय ९ रन बनायो । किरण ठगुन्नाले २९, विशाल ऐरले २३, रोशन साउदले १७ र वसन्त खत्रीले १३ रन जोडे । धनगढीका अमरसिंह राउटेलाले ३ विकेट लिए, भोजराज भट्टले २, दीपक ठकुरी र भुवन कार्कीले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर २२, २०८० २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×