कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फारवेस्ट पशुपति कप एक साता सर्‍यो 

धनगढी — छैठौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसिर २९ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक फारवेस्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक साता पछाडि सरेको हो । 

क्लबका महासचिव ललित मिश्रले बिहीबार विज्ञप्ति जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार पुरस्कार पाउने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेस्ट पशुपति युवा क्लबले जनाएको छ ।

धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख खर्च हुने अनुमान गरिएको छ

प्रकाशित : मंसिर २१, २०८० १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×