कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

फेका कप फुटबल सुरु

काठमाडौँ — १६ औं फेका कप छात्र फुटबल प्रतियोगिताको बिहीबार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ओरियन्टल विजयी भएको छ ।

फेका कप फुटबल सुरु

ओरियन्टलले कौस्तुभलाई ३–१ गोलले हरायो । ओरियन्टलका उमेश अछामी, प्रज्ज्वल भुजेल र मनोज रामले गोल गरे । कौस्तुभका रिदम श्रेष्ठले एक गोल गरे । ओरियन्टलका प्रज्वल भुजेल म्यान अफ द म्याच भए ।

नकआउट प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक फेकाका संयोजक राजु दाहालले जनाए । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०८० २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×