कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ज्ञान कार्निभल : रेडियन्ट सेमिफाइनलमा

काठमाडौँ — रेडियन्ट पब्लिक २९ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार सेमिफाइनलमा पुगेको छ । रेडियन्टले एलआरआईलाई १८–७ ले पराजित गर्‍यो । रेडियन्टकी दिव्यान्शा कार्कीले १६ स्कोर जोडिन् ।

ज्ञान कार्निभल : रेडियन्ट सेमिफाइनलमा

त्रियोगले ग्रेस एकेडेमीलाई ९–० तथा रातो बंगलाले ज्ञानोदयलाई २३–१३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्रियोगकी आस्ना हड्कलाले ४ र रातो बंगलाकी अंशु उराँवले १० स्कोर गरे ।

ब्वाइजमा ज्ञानोदयले रेडियन्ट रिडर्सलाई ५६–४० र रातो बंगलाले भीएस निकेतनलाई ४४–२२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । ज्ञानोदयका दीपेश शाही र रातो बंगलाका जेविस आचार्यले १७–१७ स्कोर जोडे ।

प्रकाशित : मंसिर २०, २०८० २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×