कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आनन्दलाई रात्रिकालीन टेबलटेनिसको स्वर्ण

काठमाडौँ — आनन्द धाख्वाले मंगलबार ललितपुर मेयर कप अन्तरवडा रात्रिकालीन टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथिको इभेन्टमा स्वर्ण पदक जितेका छन् ।

आनन्दलाई रात्रिकालीन टेबलटेनिसको स्वर्ण

फाइनलमा वडा १० का आनन्दले बडा १९ का जगदीश्वरप्रसाद जोशीलाई ११–४, ११–४, ११–७ को सेटले हराएर स्वर्ण जिते । सेमिफाइनलमा जगदीश्वरले वडा १६ का धर्मेन्द्र शाक्य र आनन्दले वडा ५ का पूर्णशंकर श्रेष्ठलाई हराएका थिए ।

५० वर्षमाथि वडा १६ का प्रकाश धाख्वा, वडा २० का संघ वज्राचार्य, वडा १९ का निशान प्रधान, वडा ९ का किरण व्यञ्जनकार, वडा ११ का नदिमरत्न शाक्य र वडा २० का सुरेश वज्राचार्य क्वाटरफाइनल पुगेका छन् ।

गत मंसिर १२ देखि सुरु रात्रिकालीन टेबलटेनिसमा ५ सयभन्दा वढी खेलाडीले सहभागिता छ । प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक साता स्थगित गरिएको थियो ।

ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेल वडा तल्लो चाकुपाट खोल्चापोखरी टोलमा सञ्चालन भइरहेको छ ।

यसमा कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।

प्रकाशित : मंसिर १९, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×