कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

१५०० मिटर दौडमा सनम र अस्मितालाई स्वर्ण

काठमाडौँ — हिमरश्मिका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदको १५ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

१५०० मिटर दौडमा सनम र अस्मितालाई स्वर्ण

हल्चोकस्थित एपीएफ रंगशालामा ब्वाइजतर्फ सनमले ४ मिनेट ३२.०१ सेकेन्डमा दुरी पूरा गरे । गर्ल्समा अस्मिताले ५ मिनेट ३५.३० सेकेन्ड लगाइन् ।

तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १०० मिटर दौडमा एलएनएका शैलेश श्रेष्ठ र एलएनएकै सुजाता बलामी, ४०० मिटर दौडमा एलएनएका सन्तबहादुर दराई र एलएनएकी रोसिका बोथेले स्वर्ण जितेका छन् । ४ गुणा १ सय मिटर रिलेको ब्वाइज/गर्ल्स दुवैमा एलएनएले सफलता पायो ।

ब्याडमिन्टन

रोजमेरीका दियोन भण्डारी र एलएनएकी अस्मिता खत्री मेयर रनिङ सिल्डकै ब्याडमिन्टनतर्फ विजेता भएका छन् । सिंगल्स ब्वाइजमा हिमरश्मिका अर्जुन साउद दोस्रो र फुटुङ माविका कमलनाथ योगी र सिद्धार्थ मोडेलका निशान घतानी तेस्रो भए । गर्ल्समा स्प्रिङभ्यालीकी सुजिना कार्की दोस्रो, मानसिंह धर्मकी डोल्मा तामाङ र हिमरश्मिकी उपसना बोहराले तेस्रो स्थान हात पारे ।

मिक्स्ड डबल्समा हिमरश्मिका अरुण बस्नेत र कृतिका श्रेष्ठले स्वर्ण, स्प्रिङभ्यालीका अमृत अधिकारी र काभ्या अधिकारीले रजत तथा एन्जल्स हार्टका सौरभ पुन र आलिया राई तथा मानसिंहका लोकेश बोहरा र स्मृति लामाले कांस्य जिते ।

बास्केटबल

तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदको बास्केटबलमा मंगलबार जुनियर ब्वाइजमा सेमिफाइनल तथा गर्ल्समा क्वाटरफाइनल समीकरण तयार भएको हो ।

जुनियर ब्वाइजको सेमिफाइनलमा एलएनएको भेट सिद्धार्थ मोडेलसँग हुनेछ भने एन्जल्स हार्टले पद्मचक्रविरुद्ध खेल्नेछ । गर्ल्समा पद्मचक्र र ल्यान्डमार्क, एलएनए र नर्थ प्वाइन्ट, हिमरश्मि र मानसिंह तथा एन्जल्स र न्यु इराबीच क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर १९, २०८० २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×