कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किरात गोल्डकप : दार्जिलिङविरुद्व मोरङको जित

लक्ष्मी गौतम

पाँचथर —  फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किरात गोल्डकपको सोमबार सम्पन्न खेलमा युनाइटेड फुटबल क्लब दार्जिलिङलाई हराँउदै डिएफसी मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

किरात गोल्डकप : दार्जिलिङविरुद्व मोरङको जित

फिदिम माविको खेल मैदानमा सम्पन्न प्रतिस्पर्धामा दार्जिलिङलाई ३–६ गोल अन्तरले हराँउदै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

मोरङका तर्फाबाट सञ्जय धिमाल र अभिषेक लिम्बुले २/२ तथा उमेश राई र अरुण लिम्बूले १-१ गोल गरेका थिए ।यस्तै दार्जिलिङका तर्फबाट रोहित थापा, आशिष राई र गणेश लिम्बुले १-१ गोल गरे ।

मोरङका उमेश राईले खेल सुरु भएको ८ औं मिनेटमा गोल गरेर टिमको खाता खोले भने ३९ औं मिनेटमा सञ्जय धिमाल र ४२ औं मिनेटमा अरुण लिम्बुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

मध्यान्तर पछिको २ मिनेटमा सञ्जय धिमालले १ तथा ६१ औं मिनेटमा अभिषेक लिम्बुले थप १ गोल गरे ।

दार्जिलिङका तर्फबाट मध्यान्तरपछिको १० औं मिनेटमा रोहित थापा र १३ औं मिनेटमा आशिष राई र ३६ औं मिनेटमा गणेश लिम्बुले गोल गरेका थिए ।

सोमबारको खेलमा मोरङका अभिषेक लिम्बु म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए ।

मंगलबार हिमालयन शेर्पा क्लब र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच पहिलो चरणको अन्तिम खेल हुने आयोजक पाँचथर जिल्ला फुटबल क्लबका अध्यक्ष अनुराग मगरले बताए ।

फाइनल खेल २३ गते सम्पन्न हुनेछ । शनिबार सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो हुनेले २ लाख दुई हजार दुई सय २२ रुपैयाँ पाउनेछन् ।

प्रकाशित : मंसिर १८, २०८० १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×