कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ज्ञानसागरलाई तीन स्वर्ण, भलिबल सुरु

काठमाडौँ — सिर्जना ज्ञानसागरले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत टेबलटेनिसको स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । टेबलटेनिसमा ३ स्वर्णलाई प्रतिस्पर्धा भएकामा सबै स्वर्ण ज्ञानसागरले जित्यो ।  

ज्ञानसागरलाई तीन स्वर्ण, भलिबल सुरु

ब्वाइज फाइनलमा सन्तोष थापाले ग्रिनहिल्सका रोहित भण्डारीलाई ११–५, ११–४, ११–६ को सोझो सेटमा पराजित गरे । गर्ल्स फाइनलमा विपिना थापाले लालीगुराॅस नेसनल एकेडेमी (एलएनए) की रक्षा थापालाई ११–२, ११–४ र ११–७ ले को सोझो सेटमा हराइन् । मिक्स डबल्समा कुशल श्रेष्ठ र सुप्रिया बोगटीको जोडीले ग्रिनहिल्सका जिमाल गुरुङ र आकृति रिमालको जोडीलाई फाइनलमा ११–४, ११–४, ११–५ ले हरायो ।

सोही प्रतियोगिताको बास्केटबल जुनियर ब्वाइजमा एलएनएले दोहोरो जित पाएको छ । घरेलु कोर्टमा एलएनएले रोजमेरीलाई २६–१५ ले हरायो । एलएनएका सरगम थापाले १२ स्कोर गरे । मनीष केसीको ८ स्कोरमा एलएनएले मानसिंह धर्म माविलाई २५–१३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्ट, सिद्धार्थ र पद्मचक्र विजयी भए । गर्ल्समा एलएनए, एन्जल्स हार्ट, मानसिंह र ल्यान्डमार्कले सफलता पाए ।

तार्केश्वर नगरपालिकाको आयोजनामा भएको यस तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत भलिबलको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

प्रकाशित : मंसिर १७, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×