कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बास्केटबल दुई विधाको फाइनलमा रेडियन्ट 

काठमाडौँ — आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दुई विधाको फाइनल पुगेको छ ।

रेडियन्टको सिनियर र जुनियर ब्वाइज टोली फाइनलमा पुग्दा सिनियर गर्ल्समा आयोजक रेडियन्ट सेमिफाइनलमै रोकिएको छ ।

घरेलु कोर्टमा सिनियर ब्वाइज सेमिफाइनलमा रेडियन्टले एन्जल लर्डलाई ४९–३१ स्कोरले हरायो । रेडियन्टका लमिक योञ्जनले १४ स्कोर गरे । फाइनलमा रेडियन्टको भेट जेनिथसँग हुनेछ । अर्को सेमिफाइनलमा सुशील शाहीको २१ स्कोर जेनिथले ज्ञानोदयलाई ५४–२९ ले हरायो ।

जुनियरमा रेडियन्टले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३४–९ ले हराउँदा सुसंकेत बनेपालीले १५ स्कोर गरे । ग्रिनफिल्डले सिर्जना ज्ञान सागरलाई २३–१५ ले हरायो । ग्रिनफिल्डका रिसभ तामाङले १३ स्कोर गरे । उपाधिलाई रेडियन्टले ग्रिनफिल्डसँग खेल्नेछ ।

गर्ल्समा जेसिज र रिब्स फाइनल पुगे । जेसिजले स्वर्णिमविरुद्ध १०–६ को पायो । जेसिजकी विप्रिशा श्रेष्ठले ३ स्कोर गरिन् । आयोजक रेडियन्टविरुद्ध रिब्स २५–१९ ले विजयी भयो । रिब्सकी आयुशा श्रेष्ठले १० स्कोर गरिन् ।

प्रकाशित : मंसिर १६, २०८० २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×