कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तार्केश्वरमा मेयर रनिङ सिल्ड खेलकुद सुरु

काठमाडौँ — तार्केश्वर नगरपालिकाको आयोजनामा दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद शनिबार सुरु भएको छ । मनमैंजुस्थित एन्जल्स हार्ट माविमा टेबलटेनिस भएको छ । गर्ल्स सिंगल्समा मानसिंह धर्म माविकी आरुसी तामाङले पुरानो गुहेश्वरी माविकी निकिता टमाटालाई ३–२ को सेटले पराजित गरी सेमिफाइनल तय गरेकी छन् ।

तार्केश्वरमा मेयर रनिङ सिल्ड खेलकुद सुरु

हिमरश्मिकी सृष्टि विष्ट पनि सेमिफाइनल पुगिन् ।

प्रतियोगितामा टेबलटेनिससहित एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ९ खेल समावेश छन् । दोस्रो संस्करणमा ३ खेल थपिएको हो ।

प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले सहभागी छन् । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ गरी जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मिले जितेको थियो । प्रतियोगिता मंसिर २२ सम्म चल्नेछ ।

प्रतियोगिताको तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०८० २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×