सलिको गल्फमा आदित्य र आर्सिया विजेता
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — आदित्यप्रताप सिंहले शनिबार रोयल नेपाल गल्फ क्लबमा भएको सलिको ओपन गल्फ प्रतियोगिता जितेका छन् । उनले ३९ स्कोर गर्दै पुरुषतर्फको उपाधि जितेका हुन् । सगरमाथा–लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को आयोजनामा स्टेबल फोर्ड ३/४ ह्यान्डिक्यापका आधारमा भएको प्रतियोगितामा आदित्यले ३९ स्कोर गरेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सलिको गल्फमा आदित्य र आर्सिया विजेता](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/golf-02122023045745-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उपाधिसँगै उनलाई कैलाश हेलिकप्टरबाट एक जोडीका लागि गोसाइँकुन्डको हेलिकप्टर यात्रा र १० हजारको नगद भौचर प्रदान गरिएको थियो । विजयबहादुर श्रेष्ठ ३७ स्कोर गर्दै उपविजेता बने । रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले उत्कृष्ट ग्रसको पुरस्कार पाए । उनले ३३ स्कोर गरेका थिए । उनलाई १५ हजारको नगद भौचर प्रदान गरियो ।
आर्सिया बानु महिलातर्फको विजेता बनिन् । उनले ३६ स्कोर गरिन् । आइस्टिना टन्डन ३५ स्कोरसाथ उपविजेता भइन् । नरेन्द्र रावल सिनियरतर्फ विजेता बन्दा ३८ स्कोर गरेका थिए । रवीन्द्रराज पाण्डे सुपर सिनियरतर्फ विजेता बने । ३३ स्कोर गरेका उनी काउन्टब्याकका आधारमा विजेता भएका हुन् । प्रदीपविक्रम राणाले सर्वाधिक बर्डीको पुरस्कार जिते । लङ्गेस्ट ड्राइभ दावा जे शेर्पा, क्लोजेस्ट टु द पिन तारा कार्की चित्रकार, स्ट्रेट ड्राइभ रवीन्द्रपुरुष ढकाल र बेस्ट स्पोर्ट्सम्यानसिप अभिजित मूलले जिते ।
जुनियर व्वाइजतर्फ जयवीर आचार्य र सुशान्त कडाल क्रमशः २२ र २० स्कोर गर्दै विजेता र उपविजेता भए । जुनियर गर्ल्समा अभानी राई १५ स्कोरसाथ विजेता बन्दा यशस्वी श्रेष्ठ ११ स्कोरबाट उपविजेता भइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)