कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सातौं दक्षिण एसियाली कराते : नेपालले जित्यो १२ स्वर्ण

काठमाडौँ — नेपाली खेलाडीले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिनै शनिबार १२ स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार २९ स्वर्णको टुंगो लाग्दा भारतले १५ स्वर्ण, श्रीलंका (एनओसी टिम) र बंगलादेशले १–१ स्वर्ण जितेका छन् ।

सातौं दक्षिण एसियाली कराते : नेपालले जित्यो १२ स्वर्ण

क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । उनले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाई हरान् । सोही विधाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउँदै स्वर्ण जिते ।

यू–२१ उमेर समूह पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरीले स्वर्ण र श्रीलंकाका एडवार्ड ब्रियोनले रजत जिते । महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पछाडि पार्दर् ैपहिलो स्थान हात पारिन् ।

यू–२१ उमेर समूहको महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भार्गवीले नेपालकी उर्सला पहरीलाई हराएर स्वर्ण जितिन् । ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी परविन साइरालाई हराएर स्वर्ण जितिन् । ६८ केजीमाथि भारतकी दीक्षा विजेता भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापालाई रोकिन् ।

क्याडेट पुरुष ७० केजीमुनि भारतका अरविन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित पाए । ७० केजीमुनि फाइनलमा भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई हराए । महिला ४२ केजीमुनि फाइनलमा श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई हराएर स्वर्ण जितिन् ।

महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरी विजयी भइन् । उनले फाइनलमा भारतकी मोहन जनाइलाई हराइन् । ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई हराइन् । ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङविरुद्धको खेल स्वर्ण हात पारिन् । ६१ केजीमाथि भारतकी खुशी कुमारी विजेता भइन् ।

क्याडेट पुरुष ४५ केजीमुनि बंगलादेशका मार्माले स्वर्ण जिते । फाइनलमा उनीसँग नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित पाए । ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सेजुवालले भारतका जियान चौधरीविरुद्ध सफलता पाए । ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई हराएर स्वर्ण जिते ।

नेपाल कराते महासंघको आयोजनामा भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे । उद्घाटनमा निर्णायकबाट कराते रेफ्री काउन्सिलका संयोजक प्रकाशमोहन धौभडेल र खेलाडीबाट मोहम्मद शेखु आलमले शपथ ग्रहण गरेका थिए ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तानबाट १ सय ३ महिला र १ सय ३४ पुरुष खेलाडी सहभागी छन् । ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता आइतबार सकिनेछ ।

प्रकाशित : मंसिर १६, २०८० २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×