कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इमिर्जिङ क्लबले जित्यो हुम्ला गोल्डकपको उपाधि

जनकबहादुर शाही

हुम्ला — पहिलो पटक हुम्ला सदरमुकाम समिकोटमा सञ्चालन भएको हुम्ला गोल्ड कप-२०८०को उपाधि इमर्जिङ युवा क्लब, सिमकोट-४ जितेको छ । शुक्रबार सिमकोट खेल मैदानमा भएको फाइनल खेलमा इमर्जिङ युवा क्लब सिमकोट-४ ले चाङ्लालाई १-० ले हराउँदै उपाधि जितेको हो ।

इमिर्जिङ क्लबले जित्यो हुम्ला गोल्डकपको उपाधि

इमर्जिङ युवा क्लबका दीपक शाहीले मध्यान्तरअघि गरेको एक गोल नै उपाधिका लागि निर्णायक बनेको थियो । विजेता टोलीले २ लाख १ सय ११ रुपैयाँ र द्वितीय हुने टिमले १ लाख ११ रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चाङलाका नवीन शिलवाल, डिफेन्समा इमर्जिङका अनिस परियार, मिडफिल्डरमा इमर्जिङकै छवाङ लामा, उच्च गोलकर्ता ठेहेका चन्द्र भण्डारी भएका छन् ।

त्यस्तै उदीयमान खेलाडीको अवार्ड सनलाइटका ज्याकबन बुढा सनलाइट, नयाँ प्रवेशी टिममा पत्रकार महासंघ, अनुशासित टिममा स्याँडा युवा हिमाली क्लब र उत्कृष्ट खेलाडीमा चक्र लामा इमजिङबाट छनोट भएका छन् ।

प्रकाशित : मंसिर १५, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×