कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्वर्णिम र सिर्जना ज्ञान बास्केटबल सेमिफाइनलमा

काठमाडौँ — जेसिज र सिर्जना ज्ञानसागर नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा पुगेका छन् । जेसिज सिनियर गर्ल्स र सिर्जना ज्ञानसागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगे ।

स्वर्णिम र सिर्जना ज्ञान बास्केटबल सेमिफाइनलमा

सिनियर गर्ल्समा जेसिजले केभीएसलाई २२–१७ स्कोरले हरायो । जेसिजका विप्रिसा श्रेष्ठले २० स्कोर गरिन् । विश्वास घलेको ९ स्कोरमा ज्ञानसागरले पिपुल्स एकेडेमीलाई २१–१३ ले हरायो ।

गर्ल्समा स्वर्णिमले एलआरआईलाई १२–३ र रिब्सले द एक्सेल्सियर स्कुललाई १९–१२ ले हराए । स्वर्णिमकी हिसी लामाले ६ र रिब्सकी खुसी अधिकारीले ८ स्कोर गरे । सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०–३० ले हराएर सेमिफाइनल पक्का गर्‍यो ।

रेडियन्टका रोहित चौधरीले २० स्कोर जोडे । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (ईबीए) ले ओरेकल रेमाथि १८–९ को जित दर्ता गर्‍यो । ईबीएका आदित्य श्रेष्ठले १२ स्कोर जोडे ।

प्रकाशित : मंसिर १५, २०८० १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×