कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको निधन

काँकडभिट्टा — झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको शुक्रबार साँझ निधन भएको छ । झापाको बुद्धशान्ति–१ का ४५ वर्षीय ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए । पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा शुक्रबार साँझ बिर्तामोडस्थित एक अस्पतालमा निधन भएको हो । 

झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको निधन

ढुंगाना विगत दुई दशकदेखि फुटबल रेफ्री थिए । जिल्ला तथा क्षेत्रमा हुने राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा लोकराज प्रायः देखिन्थे । उनी झापाका टोलकपदेखि गोल्डकपसम्म रेफ्री गर्थे । फुटबलप्रति सानैदेखिको रुचिले उनलाई रेफ्री बनाएको थियो ।

उनको इच्छा त खेलाडी बनेर नाम कमाउने थियो । तर, शारीरिक अशक्तताका कारण उनी खेलाडी बन्न सकेनन् । ‘खेलाडी बन्न नसक्ने भएपछि मैले रेफ्री बन्ने योजना बनाएको थिएँ,’ केही समयअघि कान्तिपुरसँग उनले भनेका थिए ।

प्रकाशित : मंसिर १५, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×