कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल सुपर लिगको इतिहासमा चितवनको पहिलो जित

काठमाडौँ — नेपाल सुपर लिगमा आफ्नो पहिलो जित निकाल्ने चितवन एफसीको सपना अन्ततः शुक्रबार साकार भएको छ । प्रतियोगिताको पहिलो संस्करणसहित नौ खेलमा आएर चितवनले पहिलो जित आत्मसात गरेको थियो ।

नेपाल सुपर लिगको इतिहासमा चितवनको पहिलो जित

यसका लागि उसले दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी वीरगञ्ज युनाइटेडलाई २–१ ले हरायो । यो जितसँगै चितवनको तीन खेलबाट चार अंक भएको छ । प्रतियोगिताको नवप्रवेशी वीरगञ्जको यो लगातार दोस्रो हार हो र यससँगै शून्य अंकको स्थितिमा रह्यो ।

चितवनले आफ्नो आइकोनिक खेलाडी विमल घर्ती मगरको गोलले अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा रोशन रानामगरले दिएको थ्रु–बलमा विमलले वीरगञ्जका गोलरक्षक दीप कार्कीलाई बिट गर्दै गोल गरे ।

दोस्रो हाफको ५५ औं मिनेटमा वीरगञ्जले बराबरी गोल फर्कायो । एकिन्स बाफोरले हेडबाट गोल गरेका हुन् । खेलको निर्णायक गोल भने ६७ औं मिनेटमा निस्केको थियो र यो रह्यो, टोरिक जेब्रिनको नाममा ।


प्रकाशित : मंसिर १५, २०८० १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×