कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खेलकर्मी क्षेत्रीको पुस्तक लोकार्पण

काठमाडौँ — पुराना खेलकर्मी सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ बिहीबार काठमाडौंमा लोकार्पण भएको छ । क्षेत्री मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरका पूर्वअध्यक्ष पनि हुन् । पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपालको संस्थापकका रूपमा उनका अनुभव समेटिएको छ ।

खेलकर्मी क्षेत्रीको पुस्तक लोकार्पण

नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुदमा सेभ दी मिसन हुँदाको अनुभव पनि क्षेत्रीले पुस्तकमा उतारेका छन् । सुन्दरी प्रतियोगिताबारे नेपाली समाजमा दुई धारको धारणा रहेका बेला क्षेत्रीलगायतको टिमले तीन दशकदेखि युवा सशक्तीकरणका रूपमा निरन्तरता दिइरहेको छ ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवं साहित्यकार वसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त विमोचन गरेको थिए ।

वक्ताहरूले क्षेत्रीलाई बहुआयमिक व्यक्तित्व र आफूसँगको सम्बन्धका बारेमा प्रकाश पारेका थिए । प्रकाशक ठकुरीले क्षेत्रीको यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुनसक्ने बताए ।

प्रकाशित : मंसिर १४, २०८० २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×