कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

युरोपेली च्याम्पियन्स लिग : आर्सनल र पीएसभी अन्तिम १६ मा

काठमाडौँ — आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा गालातासारेसँग ३–३ को बराबरी खेलेपछि बाहिरिने डर तयार भएको हो ।

युरोपेली च्याम्पियन्स लिग : आर्सनल र पीएसभी अन्तिम १६ मा

नकआउट चरण पुग्ने समीकरण आफ्नै पकडमा राख्न युनाइटेडलाई इस्तानबुलमा जित नै आवश्यक थियो । युनाइटेडले च्याम्पियन्स लिगका पछिल्ला पाँच खेलमा १४ गोल खाएको छ र समूह ‘ए’ को अन्तिम स्थानमा छ । यसै समूहबाट यसअघि नै छनोट भइसकेको बायर्न म्युनिखले एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेल्यो ।

अब युनाइटेडले छनोटको सम्भावनाका लागि बायर्नलाई घरमा हराउनु पर्नेछ र कोपनहेगन तथा गालातासारेबीचको खेल बराबरीमा टुंगिने आश गर्नु पर्नेछ । आर्सनल भने लयमा रहेको छ र उसले अन्तिम १६ मा प्रवेशका लागि लेन्सलाई सजिलै ६–० ले हरायो । पीएसभीले अर्को खेलमा सेभियालाई ३–२ ले पराजित गर्‍यो । पीएसभी दुई गोलले पछाडि रहेको स्थितिबाट जितसम्म पुगेको हो ।

समूह ‘ई’ मा रियल म्याड्रिडले नेपोलीलाई ४–२ ले हरायो भने स्पोर्टिङ ब्राग र युनियन बर्लिनले १–१ को बराबरी खेले । समूह ‘डी’ मा रियल सोसिडाड र आरबी साल्सबर्गबीच ०–० तथा बेनफिका र इन्टर मिलानबीच ३–३ को बराबरी नतिजा रह्यो ।

प्रकाशित : मंसिर १४, २०८० ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×