कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बास्केटबलमा सेब र आयोजक रेडियन्ट विजयी

काठमाडौँ — सेब र एन्जल लर्ड बुधबार नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् ।

बास्केटबलमा सेब र आयोजक रेडियन्ट विजयी

सेबले पिपुल्स एकेडेमीलाई ४५–२९ स्कोरले पराजित गर्‍यो । सेबका सुमित वज्राचार्यले १२ स्कोर गरे । रवि कार्कीको १० स्कोरमा एन्जल लर्डले पुष्पसदनविरुद्ध ३५–३४ को साँघुरो अन्तरमा जित पायो ।

सिनियर ब्वाइजमै आयोजक रेडियन्ट पब्लिकले एनआईसीलाई ४०–२१ ले, ग्रिनफिल्डले ओएसिसलाई ४०–३६ ले, विल्सन एकेडेमीले माउन्ट ग्लोरीलाई ४२–१५ ले, निःसर्ग बाटिकाले बिग बुद्धलाई ४८–४१ ले, ज्ञानोदयले सेन्ट्रल स्टेटलाई ३७–१४ र जेनिथले न्यु भिजन एकेडेमीलाई ३३–१४ ले हराएका थिए ।

आफ्नो खेलमा विल्सनका राजेश चौधरीले १८, निःसर्गका अमनलाल श्रेष्ठले १६, रेडियन्टका लमिक योञ्जनले १९, ग्रिनफिल्डका अर्जुन बस्नेतले २०, ज्ञानोदयका दीपेश शाहीले १३ र जेनिथका अनिश गुरुङले ९ स्कोर गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०८० २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×