कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

सदभावले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

काठमाडौँ — एमेच्योर युवा गल्फर सदभाव आचार्यले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सदभावले प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराएर करियरको दोस्रो उपाधि जितेका हुन् । सूर्य नेपाल गल्फ टुरमा यस सिजनको पहिलो प्रतियोगिता हो ।

सदभावले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज कप जितेका थिए । बिहीबार ३ अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७ अन्डर २ सय ७१ को उत्कृष्ट नतिजा निकाले । उनले प्रतिस्पर्धी ३३ प्रोफेसनल गल्फरलाई पछाडि पार्दै प्रो र एमेच्योर दुवै उपाधि जिते । इभन पार ७२ खेल्दै समग्रमा १० अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए । प्रोतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार रुपैयाँ पाए ।

समग्रमा ७ अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले इभन पार ७२ मा खेल टुंग्याए । प्रोतर्फ दोस्रो हुँदा उनले ९४ हजार पुरस्कार पाए । बिहीबार २ ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन पार २ सय ८८ सहित चौथो भए । प्रोतर्फ तेस्रो उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २ ओभर २ सय ९० को स्कोरमा नीरज तामाङ पाँचौं भए । उनले अन्तिम १८ होलको खेल इभन–पार ७२ मा टुंग्याएर ५८ हजार रुपैयाँ पाए ।

पहिलो दिन अग्रता बनाएका टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । बिहीबार ३ ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३ ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता टुंग्याए । समग्रमा उनी छैटौं भए ।

समग्रमा ४ ओभर २ सय ९२ सहित रवि खड्का सातौं भए । उनले इभन–पार ७२ मा खेल टुंग्याए । उनले ५० हजार प्राप्त गरे । बिहीबार ७ ओभर ७९ सहित समग्रमा ५ ओभर २ सय ९३ मा खेल सकेका जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार पाए । समग्रमा ६ ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरणविक्रम शाही संयुक्त नवौं भए । धनले ६ ओभर ७८ र तोरणले ३ अन्डर ६९ स्कोर गरे । दुवैले ३७ हजार २ सय ५० हजार पुरस्कार पाए ।

अन्तिम १८ होलको सुरु गर्दा सदभावसँग ४ स्ट्रोकको अग्रता थियो । उनले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले पहिलो दुई होलमा पार बचाउँदा ५ पारको तेस्रो होलमा इगलको सफलता पाए । जबकि सदभावको अग्रता १ स्ट्रोकमा झरिसकेको थियो । त्यसपछि उनले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्टनाइनको खेल सकिँदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए । दिनेशले तेस्रो होलमा इगल प्रहार गरे पनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्टनाइन २ ओभर ३८ मा टुंग्याए ।

यसपछि ब्याक नाइनमा सदभावले दसौंदेखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने सम्भावना लगभग सुनिश्चित गरिसकेका थिए । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४ र १६ औं होलमा बोगी खेपे पनि ब्याकनाइन २ अन्डर ३४ मा पूरा गर्दै सदभावले करियरको दोस्रो प्रोफेसनल उपाधि आफ्नो बनाए ।

विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गल्फरले कुल ८ लाख ४० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×