कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सूर्य नेपाल सेन्ट्रल ओपन : सदभाव अगाडि

काठमाडौँ — सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा बुधबार राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता बनाएर अगाडि छन् ।

सूर्य नेपाल सेन्ट्रल ओपन : सदभाव अगाडि

गोकर्ण गल्फ क्लबमा सदभावले बुधबार ४ अन्डर ६८ स्कोर गर्दै समग्रमा १४ अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे । चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने सम्भावना बलियो बनाएका छन् । दिनेशले ३ अन्डर ६९ स्कोर जोड्दा समग्रमा १० अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन् । उनी प्रोफेसनलतर्फ अगाडि छन् ।

समग्रमा ७ अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए । भुवनले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७ अन्डर ६५ खेले । सन्जय लामा र जयराम श्रेष्ठ संयुक्त चौथोमा छन् । सन्जयले ३ अन्डर ६९ र जयरामले ३ ओभर ७५ को प्रदर्शन गरे । धनबहादुर थापा र एमेच्योर गल्फर टासी छिरिङ समग्रमा इभन–पार २ सय १६ सहित संयुक्त छैटौ स्थानमा रहे । धनले १ ओभर ७३ र टासीले २ ओभर ७४ स्कोर गरे ।

१ ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २ ओभर २ सय १८ सहित आठौं स्थानमा छन् । समग्रमा ४ ओभर २ सय २० सहित रवि खड्का र प्रदीप लामा संयुक्त नवौं स्थान बाँडे । रविले आज इभन–पार ७२ र प्रदीपले २ ओभर ७४ को स्कोर गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले तेस्रो दिन पनि लोभलाग्दो सुरुआत गरे । दोस्रोदेखि पाँचौं होलमा लगातार चार बर्डी प्रहार गरे । ३ पारको आठौं होलमा एक शट खेर फाले । नवौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३२ मा सकेका थिए । ब्याक नाइनको सुरुआत पनि राम्रो गरे । १० औं होलमा बर्डी र ५ पारको ११ औं होलमा इगलको सफलता पाए ।

दिनेशले बोगीबाट दिनको सुरुआत गरे । यसपछि चौथो, छैटौं, सातौं, र आठौं होलमा बर्डी प्रहार गरे । फ्रन्टनाइन ३ अन्डर ३३ मा पूरा गरे । यसपछि १२ औं होलमा बर्डी र १५ औं होलमा बोगी प्रहार गर्दा ब्याकनाइन इभन पार ३६ मा सके ।

भुवनले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्टनाइन ३ अन्डर ३३ मा सके । उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । ३ पारको आठौं‌ होलमा भने डबल बोगी खेपे । यसपछि १०, ११, १३ र १७ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन ४ अन्डर ३२ मा पूरा गरे ।

प्रकाशित : मंसिर ६, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×