विश्वकप फाइनल : भारतको १०० रन नपुग्दै कप्तानसहित तीन विकेट गुम्यो

विश्वकप फाइनलमा भारतले पहिलो ब्याटिङ गरिरहेको छ । अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा अष्ट्रेलियासँग टस हारेर ब्याटिङको निम्तो पाएको भारतले कूल १०० रन नपुग्दै तीन विकेट गुमाएको छ ।

भारतका दुवै ओपनिङ ब्याट्सम्यान आउट भएका छन् । कप्तान तथा ओपनिङ ब्याट्सम्यान रोहित शर्मा अर्धशतक बनाउनबाट चुकेका छन् । उनी ४७ रनको व्यक्तिगत स्कोरमा ग्लेन म्याक्सवेलको बलमा क्याचआउट भएका थिए । त्यसअघि ओपनिङ ब्याट्सम्यान शु्भमन गिल ४ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए ।
भारतले पहिलो विकेट ३० रन बनाउँदा गुमाएको थियो । गिललाई मिचेल स्टार्कले ४ रनमा एडक जम्पाबाट क्याच आउट गराएका थिए ।
दोस्रो विकेट ७६ रन जोड्दा रोहित शर्माका रूपमा गुमायो भने ८१ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । भारतका श्रेयस अय्यरलाई अष्ट्रेलियाका कप्तान प्याट क्युमिन्सले आउट गरेका हुन् ।
प्रकाशित : मंसिर ३, २०८० १५:१३