कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

वीरगन्ज गोल्डकप : संकटासँग चर्च ब्वाइज स्तब्ध

भूषण यादव

वीरगन्ज — प्रथम वीरगन्ज गोल्डकप फुटबलको आइतबार संकटा क्लबले चर्च ब्वाइज युनाइटेडलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

वीरगन्ज गोल्डकप : संकटासँग चर्च ब्वाइज स्तब्ध

पहिलो हाफमा एक गोलले अग्रता लिएको संकटाले दोस्रो हाफमा ३ गोल थपेको थियो । सुरुदेखि नै हाबी रहेको संकटाका समिर राईले २४ औं मिनेटमा गोल गरेका गरे । उनले बक्सबाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको हो । दोस्रो हाफको ३० औं मिनेटमा संकटाका कप्तान गणेश हिमालले कर्नरबाट आएको बल गोल गरेका हुन् ।

त्यसपछि संकटाका फोफाना फोडेले ८ मिनेटको अन्तरालमा दुई गोल थपे । ३४ र ४२ औं मिनेटमा फोडेले गोल गरे । दुई गोल गरेका उनी म्यान अफ द म्याच घोषित भए । उनलाई

आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले म्यान अफ द म्याचको पुरस्कार १० हजार रुपैयाँ प्रदान गरे ।

सोमबार नेपाल पुलिस फुटबल क्लब र भारत कोलकाताको क्लाइभ हाउस दम–दमबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आयोजक भेट्रान्स सिटी क्लबले दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई हराएर सेमिफाइनल पक्का गरिसकेको छ ।

प्रकाशित : कार्तिक १९, २०८० २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×