कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लिगकपमा युनाइटेडको चुनौती समाप्त, न्युकासलसँग ३-० ले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधबार निराशाजनक रूपमा समाप्त भएको छ र उसलाई न्युकासल युनाइटेडले उसकै घर ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको छ । न्युकासलका लागि म्यागुएल अल्मिरोन, लेविस हल र जोए विलकले गोल गरे ।

लिगकपमा युनाइटेडको चुनौती समाप्त, न्युकासलसँग ३-० ले पराजित

आर्सनल पनि प्रतियोगिताबाट बाहिरिएको छ र उसलाई भने वेस्ट ह्यामले ३–१ ले हरायो । लिभरपुलले भने बर्नमाउथलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्‍यो। यस्तै चेल्सीले च्याम्पियनसिप प्रतिद्वन्द्वी ब्ल्याकबर्नलाई २–० ले पन्छायो ।

गत सिजनको लिगकप फाइनलमा युनाइटेडले न्युकासललाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसको पुनरावृत्तिका रूपमा भएको खेलमा भने न्युकासल बलियो देखियो । यसक्रममा युनाइटेडले सबै खाले प्रतियोगिताका पछिल्ला १५ खेलमा आठौं हार बेहोर्‍यो र व्यवस्थापक एरिक टेन ह्याग दबाबमा रहे ।

सन् १९६२–६३ यता युनाइटेडको यो अहिलेसम्मकै खराव सुरुआत हो । प्रतियोगिताका अन्य खेलमा एभरटनले बर्नलीलाई ३–० र फुलहमले इपस्विच टाउनलाई ३–१ ले हरायो ।

प्रकाशित : कार्तिक १६, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×