कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७
यू १९ अन्तर्राष्ट्रिय क्रिकेट

देव दुई शतक बनाउने पहिलो खेलाडी

नेपालबाट यू १९ अन्तर्राष्ट्रिय प्रतियोगितामा देवले दुई शतकको कीर्तिमान बनाएका हुन्
विनोद पाण्डे

काठमाडौँ — देव खनाल नेपालबाट यू १९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । देवले बिहीबार इरानविरुद्ध एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा १ सय रनको इनिङ्स खेल्दै सो कीर्तिमान बनाएका हुन् ।

देव दुई शतक बनाउने पहिलो खेलाडी

मलेसियामा बिहीबार सुरु प्रतियोगितामा पहिलो खेलबाटै देवले आफ्नो प्रभाव देखाएका हुन् । इरानले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालबाट अर्जुन कुमाल पहिलो ओभरमै शुन्यमा र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि देव र दीपक बोहरा खेलमा हावी भएका थिए ।

कप्तान देवले ५९ बलमै शतक बनाएका थिए । सोक्रममा उनले १२ चौका र ४ छक्का प्रहार गरे । फेब्रुअरीमा देवले कुवेतविरुद्ध आईसीसी यू १९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय २५ रन बनाएका थिए ।

युवा समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने नेपालका दोस्रो खेलाडी हुन् । यसअघि रित गौतमले एसीसी यू १६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध बैंककमा १ सय ६ रन र यू १९ इस्टर्न रिजनमा सिंगापुरविरुद्ध १ सय १५ रन बनाएका थिए ।

नेपालबाट यसअघि शक्ति गौचन, कनिष्क चौंगाई, फजलुर रहमान खान, राजु रिजाल, रित गौतम र अर्जुन कुमालले शतक बनाएका थिए ।

प्रकाशित : आश्विन २५, २०८० ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×