कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नेपालको उत्कृष्ट सुरुआत 

नेपालबाट यू–१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा देवको दुई शतकको कीर्तिमान
कान्तिपुर संवाददाता

काठमाडौँ — देव खनाल नेपालबाट यू–१९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । देवले बिहीबार इरानविरुद्ध एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा १ सय रनको इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् ।

नेपालको उत्कृष्ट सुरुआत 

मलेसियामा बिहीबार सुरु प्रतियोगितामा इरानले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालबाट अर्जुन कुमाल पहिलो ओभरमै शून्यमा र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा देव र दीपक बोहरा ‘ए’ खेलमा हावी भएपछि नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अलआउट भयो ।

कप्तान देवले ५९ बलमै शतक बनाएका थिए । उनले कुल ६० बल खेल्दै १२ चौका र ४ छक्का प्रहार गरे । फेब्रुअरीमा देवले कुवेतविरुद्ध आईसीसी यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय २५ रन बनाएका थिए । नेपालबाट यसअघि शक्ति गौचन, कनिष्क चौंगाईं, फजलुर रहमान खान, राजु रिजाल, रीत गौतम र अर्जुन कुमालले शतक बनाएका थिए ।

युवा समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने नेपालका दोस्रो खेलाडी हुन् । यसअघि रीत गौतमले एसीसी यू–१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध बैंककमा १ सय ६ रन र यू–१९ इस्टर्न रिजनमा सिंगापुरविरुद्ध १ सय १५ रन बनाएका थिए ।

दीपक बोहरा ‘ए’ ले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाए । दीपक डुम्रेले पनि अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । दीपेश कँडेलले २२ बल खेली ३ चौका र १ छक्कासहित २९, दीपक बोहरा ‘बी’ १, मिलन बोहरा शून्य, हेमन्त धामी २३ र आकाश चन्द १९ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा अविजित रहे । इरानका दादरहमान राइसी र सलमान निएजमान्डले ३–३ विकेट लिए ।

जवाफमा आएको इरान ३०.५ ओभरमा ७९ रनमा अलआउट भयो । ओपनर अमेर खोर्सान्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । नेपालबाट दीपेश र सुवासले ३–३ तथा हेमन्त र आकाश चन्दले २–२ विकेट लिए ।

प्रकाशित : आश्विन २५, २०८० २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×