कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

विश्वकप क्रिकेट : न्युजिल्यान्डको शक्तिशाली प्रदर्शन

एएफपी

अहमदाबाद — डेभोन कोन्वे र रचिन रवीन्द्रको सानदार शतकमा न्युजिल्यान्डले बिहीबार एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा शक्तिशाली प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ । चार वर्षअघि इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्यान्डलाई हराएर पहिलो पटक विश्वकप जितेको थियो ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डको शक्तिशाली प्रदर्शन

प्रमुख खेलाडी बेन स्टोक्सविनै खेलेको इंग्ल्यान्डलाई २८२–९ को स्थितिमा रोकेपछि विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा देव्रेहाते जोडी कोन्वे र रवीन्द्रले दोस्रो विकेटमा २ सय ७३ रनको अविजित साझेदारी गरे । जसका कारण न्युजिल्यान्डले आरामदायी हिसाबमा १३.४ ओभरअघि खेल आफ्नो पक्षमा पारेको थियो ।

कोन्वे १ सय ५२ र रवीन्द्रले १ सय २३ रन बनाए । ‘कहिलेकाहीं यस्तो अविश्वसनीय क्षण आउँछ, तर यो दिन साँच्चै राम्रो भयो,’ २३ वर्षे रवीन्द्रले भने । यो उनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । प्लेयर अफ द म्याच उनले कुल ९६ बल खेल्दै ११ चौका र ५ छक्का प्रहार गरे । कोन्वेले १ सय २१ बल खेली १९ चौका र ३ छक्का प्रहार गरे ।

न्युजिल्यान्ड पनि नियमीत कप्तान केन विलियम्सनविना खेलिरहेको थियो । तर कार्यबाहक टम लाथमले उनको अनुपस्थिति महसुस हुन दिएनन् । जो रुटले ७७ रन बनाए पनि इंग्ल्यान्डले ठूलो चुनौती दिन सकेन । कप्तान जोस बटलरले ४२ बलमा ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन बनाए । न्युजिल्यान्डबाट म्याट हेनरीले ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनरद्वय मिचेल सान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए ।

प्रकाशित : आश्विन १८, २०८० २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×