कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

नेसनल बास्केटबल लिग : गोल्डेनगेट र रोयलको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्डेन कलेज र रोयल स्पोटर््स सेन्टरले नेसनल बास्केटबल लिगको सोमबार जित पाएका छन् । गोल्डेनगेटले विशाल मिलन केन्द्रलाई ७६–६६ र रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ स्कोरमा हराए ।

नेसनल बास्केटबल लिग : गोल्डेनगेट र रोयलको जित

राखेप कभर्डहलमा गोल्डेन गेटले २७–१७, ४५–३२, ६२–४९ ले पहिलो तीन क्वाटरमा अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको थियो । अन्तिम क्वाटट विशाल मिलनले १७–१४ ले आफ्नो पक्षमा पारे पनि टोलीलाई खेलमा फर्किन ढिला भइसकेको थियो । गोल्डेनगेटका अभिषेक सिंह २८ स्कोर गर्दै प्लेयर अफ द म्याच भए ।

देव करणप्रेरित अर्को खेलमा रोयल स्पोर्ट्सले आर्मीमाथि रोमाञ्चक विजय हात पार्‍यो । आर्मीले पहिलो क्वाटर २१–१७ ले, दोस्रो ४५–३४ ले र तेस्रो ७४–६८ ले जिते पनि अन्तिम क्वाटरमा मात खाएको थियो । आर्मीले अन्तिम क्वाटरमा २० स्कोर गर्दा रोयल स्पोर्टसले २८ स्कोर गर्दै खेलको नतिजा नै उल्टाएको थियो । ३० स्कोर गरेका देव करण प्लेयर अफ द म्याचमा चुनिए ।

प्रकाशित : आश्विन १५, २०८० २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×