कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

इन्टर क्लब स्क्वास हुने

काठमाडौँ — नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियसिप हुने भएको छ ।

सातदोबाटोस्थित स्क्वास हलमा हुने सो प्रतियोगितामा नेपाल स्क्वास र्याकेट्स संघका तीन टिम, बेलायतको ब्रिटिस आर्मीका तीन टिमका साथै क्लब इन्टरको पनि सहभागिता रहनेछ । क्लब इन्टरबाट इटालीका रान्जो एन्डोर्नो, अस्ट्रेलियाका इसाक र बेलायतका धिर पुनले खेल्ने छन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा ब्रिटिस आर्मीको ए टिम, एनएसआरएको बी टिम, ब्रिटिस आर्मी सी टिम र क्लब इन्टर छन् । समूह बीमा एनएसआरए टिम ए, एनएसआरए टिम बी र एनएसआरए टिम सी छन् । दुवै समूहबाट शर्षि दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान छ । प्रतियोगिता असोज ६ मा सकिनेछ ।

प्रकाशित : आश्विन २, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×