कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बीएमसीए र बीएनएको बास्केटबल जित

काठमाडौँ — बीएमसीए र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित हात पारेको छ । बीएमसीएले हिमालयनलाई २०–१५ र बीएनएले रिब्स ‘बी’ लाई २४–१५ स्कोरले पराजित गरे ।

सिनियर गर्ल्समै ग्रिनल्यान्डले रिब्स ‘ए’ लाई २३–१४, ल्यान्डमार्कले बेलमाउन्टलाई १८–१३ र सत्यसाइले क्यान्भासलाई २९–१९ ले हराए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले वेदव्यासलाई ६८–४४ र स्कोलर होम्सलाई ५१–३५, केभीकेएसएसले सेवा सदनलाई २०–१५, पृथ्वीले फ्लोरोसेन्टलाई २७–२४ र जेबी स्कुलले बालसंसारलाई ३२–१५ स्कोरले हराए । जुनियर ब्वाइजमा हिमरश्मीले भ्याली पब्लिकलाई २६–२३ ले हरायो ।

प्रकाशित : आश्विन २, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×