कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

साफ यू-१९ को तयारी पूरा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१९ च्याम्पियनसिप २०२३ आयोजनाको तयारी पूरा भएको जनाएको छ । असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने च्याम्पियनसपमा ६ देशले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गर्दैछन् ।

साफ यू-१९ को तयारी पूरा

‘सबै तयारी पूरा भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले भने, ‘भुटान र बंगलादेशको टिम आइसकेको छ । बंगलादेश र भारत आज आउँदैछन् । पाकिस्तानी टिम भोलि आउने छ ।’

दुई करोड ७७ लाख ३२ हजार आठ सय रुपैयाँ बजेटको प्रतियोगिताको लागि मैदान मर्मतसंभार तथा टिम व्यवस्थापनका सम्पूर्ण कार्य भइसकेको पनि उनले बताए ।

सन् २०१५ मा सुरु भएको पहिलो संस्करणमा घरेलु टिम नेपाल च्याम्पियन भएको थियो । त्यसपछिका संस्करण यू-१८ च्याम्पियनसिपको रुपमा आयोजना गरिएको थियो ।

भुटानमा भएको दोस्रो संस्करण (२०१७) मा पनि नेपालले उपाधि जितेको थियो । तर, फेरि काठमाडौंमा आयोजित २०१९ मा भने नेपाली टिम समूह चरणबाटै बाहिरिएको थियो । त्यसबेला भारत च्याम्पियन भएको थियो । यू २० को रुपमा गत वर्ष भारतमा भएको च्याम्पियनसिपको ट्रफी भारतले नै कब्जा गरेको थियो ।

च्याम्पियनसिप फेरि यू–१९ स्वरुपमा फर्किदा नेपाल, माल्दिभ्स र पाकिस्तान समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दैछन् । डिफेन्डिङ च्याम्पियन भारत, गत संस्करणको उपविजेता बंगलादेश र भुटान समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रकाशित : आश्विन २, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×