कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एसियाली खेलकुद २०२३ : बहराइनको पुनरागमनमा नेपाल पराजित

हिमेश

हाङचउ — नेपालले एसियाली खेलकुद २०२३ को आफ्नो पहिलो खेलमा मंगलबार हार आत्मसात् गरेको छ । नेपालले पुरुष भलिबलमा बहराइनको सामना गरेको थियो र त्यसमा नेपाल पहिलो सेट अगाडि रहेर पनि पराजित रह्यो । यससँगै नेपालको एसियाली खेलकुदको पुरुष भलिबलमा पहिलो जितको सपना अधुरै रह्यो ।

एसियाली खेलकुद २०२३ : बहराइनको पुनरागमनमा नेपाल पराजित

चाइना टेक्सटाइल कभर्ड हलमा भएको खेलमा नेपाल २५–२०, २०–२५, १८–२५ र २५–१५ ले पराजित भएको हो । नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यसलाई त्यसपछिको खेलमा दोहर्‍याउन सकेन र हार आत्मसात् गर्न बाध्य रह्यो ।

नेपालले एसियाली खेलकुदमा पुरुष भलिबलमा सहभागिता जनाएको यो पाँचौं पल्ट हो, तर अहिलेसम्म नेपाल कुनै पनि खेलमा जित निकाल्न असफल रहेको छ । यस हारले नेपालको समूह बी बाट अर्को चरण प्रवेशको सम्भावना कमजोर भएको छ । नेपालले अब आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानको सामना गर्नेछ ।

प्रकाशित : आश्विन २, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×