कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बक्सिङमा बक्समाण्डु र अल्फा टिम च्याम्पियन

काठमाडौँ —  प्रथम युथ तथा जुनियर बक्सिङमा बक्समाण्डु बक्सिङ क्लब र अल्फा बक्सिङ क्लब टिम च्याम्पियन भएका छन्  । युथ पुरुषतर्फ ४ स्वर्ण, १ कांस्य गरी ५ पदक जित्दै बक्समाण्डु बक्सिङ क्लब च्याम्पियन बनेको हो ।

बक्सिङमा बक्समाण्डु र अल्फा टिम च्याम्पियन

२ स्वर्ण, १ रजत र १ कांस्य गरी ४ पदक जित्दै एचटुओ बक्सिङ क्लब दोस्रो भयो भने एक स्वर्ण, एक रजत र एक कांस्य जितेको भूपू बक्सिङ क्लब कास्की तेस्रो भयो । युथ देशभरका १५ क्लब सहभागी थिए ।

जुनियरतर्फ ३ स्वर्ण १ रजत २ कांस्य गरी ६ पदक जित्दै अल्फा बक्सिङ क्लब दाङ टिम च्याम्पियन भयो भने २ स्वर्ण १ रजत जित्दै स्विट साइन्स बक्सिङ क्लब काठमाडौं दोस्रो स्थानमा रह्यो । २ स्वर्ण जित्दै आर्यन फिटनेस क्लब तेस्रो भयो । जुनियरतर्फ देशभरकै १६ टिमले भाग लिएका थिए ।

फाइनलमा युथ पुरुषतर्फ ४८ केजी तौल समूहमा एचटुओका अप्रिल रानाले अल्फाका गिर्वान केसीलाई ५:० अंकका आधारमा पराजित गरे । ५१ केजीमा भक्तपुरका विकल व्वयोधाले बाँकेका शुभमजंग शाह, ५४ केजीमा बक्समाण्डुका प्रबल उप्रेतीले एचटुओका आशिष भेगालाई र ५७ केजीमा छिरिङ वाङ्दी शेर्पाले दमकका ओयल राईलाई समान ५:० अंकको आधारमा हराएर स्वर्ण जिते ।

६० केजीमा बक्समाण्डुका आयुश थापाले स्वीट साइन्स बक्सिङ क्लबका सुगल रोका मगरलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।

७१ केजीमा एचटुओका धिरज गुरुङले फाइट प्रोका जीवन तामाङलाई आरएससीको आधारमा हराएर स्वर्ण जिते । ७५ केजीमा केली बोहराले कीर्तिपुरका अबिसोन महर्जनलाई आरएससीका आधारमा पराजित गर्दै स्वर्ण पदक जिते । ८० केजीमा सुनसरीका कार्साङ लामालाई एबीडीका आधारमा ललितपुरका साजन तामाङले स्वर्ण जिते । ९२ केजीमाथि एक्स बक्सिङका दिपेन रानाले कीर्तिपुरका निशेर राईलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

प्रकाशित : आश्विन १, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×