कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चिल्ड्रेन लाइफलाई उपाधि

प्रकाश बराल

बागलुङ — जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको विद्यालयस्तरीय खुला फुटबलको उपाधि चिल्ड्रेन लाइफ आवासीय माविले जितेको छ । 

चिल्ड्रेन लाइफलाई उपाधि

बागलुङको बाङगेचउर मैदानमा सोमबार भएको खेलमा चिल्ड्रेनले न्यू ओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । चिल्ड्रेनका विशाल थापाले फाइनल खेलमा ह्याट्रिक गरे ।

खेल जितेसँगै चिल्ड्रेन लाइफले कप, मेडल र २५ हजार नगद पुरस्कारसमेत पायो । दोस्रो भएको न्यू ओयसिसले १५ हजारमा चित्त बुझायो । जिल्ला खेलकुँद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले विजयी टिमलाई पुरस्कार वितरण गरे ।

चिल्ड्रेनका लागि विशालले २७, ३२ र ५२ औं मीनेटमा गोल गरेका थिए । न्यू ओएसिसले खेलमा कुनै गोल गर्न सकेन । फाइनल यात्राका लागि चिल्ड्रेन लाइफले आदर्श विद्या मन्दिरलाई ३–२ गोल अन्तरले हराएको थियो भने न्यू ओएसिसले गरिमा आवासीय माविलाई ४–३ गोलले पराजित गरेको थियो ।

१४ टिमले भाग लिएको खेल प्रतियोगितामा चिल्ड्रेन लाइफका प्रतीक थापा उत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेनकै अनिष खड्का वेस्ट किपर र बरदान थापा धेरै गोल गर्ने खेलाडी बने । उनले खेलअविधभर ४ गोल गरेका थिए । गरिमा आवासीय मावि अनुशासित टिम घोषित भयो भने सोही विद्यालयका अवसर गौतम बेस्ट डिफेन्डर घोषित भए ।

प्रकाशित : आश्विन १, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×