कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिद्धान्त र इशालाई स्वर्ण

काठमाडौँ — सिद्धान्त बलामीले ११ औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको अन्तिम दिन आइतबार स्वर्ण जितेका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुष ७३ केजीमुनि फाइनलमा नागार्जुन डोजाङका सिद्धान्तले आयुष चौधरीलाई पराजित गरे ।

सिद्धान्त र इशालाई स्वर्ण

यो इभेन्टमा इसाक राई र जाहिद इफ्तेखार संयुक्त रूपमा तेस्रो भए । सिनियर पुरुष ६३ केजीमुनि प्रदीप विश्वकर्माले सञ्जाल श्रेष्ठलाई फाइनलमा हराउँदै पहिलो भए । विशान्त केसी र सोनम लामाले तेस्रो स्थान हात पारे । सिनियर महिला ४६ केजीमुनि अञ्जली साउदले स्वर्ण जितिन् । नेपाल पुलिसकी उनले सदीक्षा कार्कीको चुनौतीलाई पन्छाएकी थिइन् । मनीषा वाइबा र सुप्रिमा बजगाईं तेस्रो भए ।

जुनियर ४६ केजीमा कावासोती डोजाङकी इशा महतोले स्वर्ण जितिन् । उनले फाइनलमा तिलोत्तमाकी दीपिका कार्कीलाई पराजित गरिन् । गंगा बुढामगर र रीतु पार्की संयुक्त रूपमा तेस्रो भए ।

प्रकाशित : आश्विन १, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×