कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ग्रिनफिल्ड र गोल्डेनगेट च्याम्पियन

काठमाडौँ — ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गर्ल्स च्याम्पियन बने । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वर्ल्ड कलेजलाई २१–१७ ले पराजित गर्‍यो ।

ग्रिनफिल्ड र गोल्डेनगेट च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६–२ ले हरायो । दुवै समूहको विजेताले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

ब्वाइजमा ग्रिनफिल्डका सोनाम साङ्गु लामा तथा गर्ल्समा गोल्डेनगेटकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ ले लिनिङको गिफ्ट ह्याम्पर पाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, वाग्मती प्रदेश लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ, प्रतियोगिताको अफिसियल पार्टनर लिनिङका राजेन महर्जन र आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रायोजकमा प्राइम एजुकेसन, म्याग्निफिसियन्ट एजुकेसन एन्ड आईटी सर्भिस तथा एजुकेसन र माइग्रेसन कर्नर रहेका छन् ।

प्रकाशित : आश्विन १, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×