कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

ताप्लेजुङ गोल्डकप : फाइनलमा रेडहर्स र जुट विकास भिड्ने

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बुधबार रेडहर्स फुटबल क्लब इलाम र जुट विकास फुटबल एकेडेमी इटहरी सुनसरी आमनेसामने हुने भएका छन् । दुवै टिम टाइब्रेकरको सहयोगमा फाइनल पुगेका हुन् ।

ताप्लेजुङ गोल्डकप : फाइनलमा रेडहर्स र जुट विकास भिड्ने

भानुजन माविको मैदानमा मंगलबार रेडहर्स इलामले रेडस्टार फुटबल क्लब बिर्तामोडलाई ५–४ ले हरायो । जुट विकासले पनि सोमबार पथरी ११ मोरङलाई ५–४ ले नै हराएको थियो । रेडहर्स र रेडस्टार दुवैले मंगलबार निर्धारित ९० मिनेटमा १–१ गोल गरे । खेलको १५ औं मिनेटमा इलामका आशिष राईको गोल अग्रता लिँदा ७५ औं मिनेटमा बिर्तामोडका जोन ग्लोरीले बराबरी गोल फर्काए । बाँकी समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो ।

बिर्तामोडको तर्फबाट मिलन राई (बी) ले टाइब्रेकरको पहिलो प्रहार नै इलामका गोलकिपर विवेक मगरले रोकेपछि दर्शकका लागि रोचक र रेडस्टारका लागि दबाब बनेको थियो । खेलको छिनोफानो यही गोल बन्यो । इलामबाट विशन लामा, आशिष लावती, पिकेश लोक्ताम, छिरिङ गुरुङ र विवेश मगरले गोल गरे । बिर्तामोडबाट निशन लिम्बू, जिवन गुरुङ, मिलन राई (ए) र मनोज राईले पेनाल्टीमार्फत गोल गरे ।

मंगलबार म्यान अफ द म्याच इलामका गोलकिपर विवेक भए । उनले ५ हजार रुपैयाँ पाए । केहीबेर वर्षा भए पनि खेल सुचारु भएको थियो । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार पाउनेछन् ।

प्रकाशित : भाद्र १९, २०८० २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×