कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

पथरी एघार ताप्लेजुङ गोल्डकप सेमिफाइनलमा

ताप्लेजुङ — फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० गोलले हराउँदै मोरङको पथरी ११ फुटबल क्लबले शनिबार ताप्लेजुङ गोल्डकप फुटबलको सेमिफाइनल तय गरेको छ । पथरीका दीपक राईले खेलको ३८ औं मिनेटमा गोल गरे ।

पथरी एघार ताप्लेजुङ गोल्डकप सेमिफाइनलमा

खेलको ४६ औं मिनेटमा साइमन लिम्बूले कर्नरबाट प्रहार गरेको बलमा नीरज परियारले हेडमार्फत अर्को गोल थपे । म्यान अफ द म्याच नीरजले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पथरीले फाइनल पुग्नका लागि आइतबार इटहरीको जुट विकास फुटबल एकेडेमीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

आइतबार रेडस्टार फुटबल क्लब विर्तामोड र युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ । विजेताले रेडहर्स इलामसॅग खेल्नेछ । भदौ २० मा हुने प्रतियोगिता विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : भाद्र १६, २०८० २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×