कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

ताप्लेजुङ गोल्डकप : इलामको रेडहर्स सेमिफाइनलमा

ताप्लेजुङ — फुङलिङमा भइरहेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलबाट रेडहर्स फुटबल क्लब इलाम सेमिफाइनल पुगेको छ । टोलीले शुक्रबार गोर्खा स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गरेको हो । इलामका फरवार्ड युवराज राईले खेलको १० औं मिनेटमै गोल गरेका थिए । उनी एपीएफ क्लबका खेलाडी हुन् ।

ताप्लेजुङ गोल्डकप : इलामको रेडहर्स सेमिफाइनलमा

खेलको ५९ औं मिनेटमा आशिष राईले दोस्रो गोल थपे । उनले काउन्टर एट्याक आफ्नै टिमका गोलरक्षक विवेक मगरले हानेको बल नियन्त्रणमा लिँदै गोल गरे । थ्रीस्टार क्लबबाट खेल्ने आशिष म्यान अफ द म्याच भए ।

आइभोरी कोस्टका फोफना इब्राहिम र घानाका रिचार्ड विल्सनसहित विदेशी तथा राष्ट्रिय टोलीमा आबद्ध खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा दमकविरुद्ध इलामले पटक–पटक आक्रमण गरेको थियो । शनिबार फिदिम स्पोर्टिङ क्लब पाॅचथर र पथरी ११ फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जुट विकास फुटबल एकेडेमी इटहरी विजयी भएको थियो ।

भानुजन माविको मैदानमा भइरहेको ताप्लेजुङ गोल्डकपमा प्रतिस्पर्धा गर्दै रेडहर्स फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमकका खेलाडी । तस्बिर : आनन्द गौतम/कान्तिपुर

प्रकाशित : भाद्र १५, २०८० २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×