कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

केएमसी बास्केटबल शुक्रबारदेखि

काठमाडौँ —  केएमसी स्कुलको आयोजनामा तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक मनोजकुमार थापाले बिहीबार पत्रकार सम्मेलनमा बताए । 

केएमसी बास्केटबल शुक्रबारदेखि

सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइज र सिनियर गर्ल्समा ८–८ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर र गर्ल्स टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । थ्री अन थ्री स्वरुपमा हुने शिक्षकको प्रतिस्पर्धामा ६ टिमले भाग लिने छन् ।

भदौ २२ सम्म चल्ने प्रतियोगिता आयोजना गर्न ३ लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–ओर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताए । केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित : भाद्र १४, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×