कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सितोरियो कराते संघ दार्चुलाको अध्यक्ष अवस्थी

मनोज बडु

दार्चुला — नेपाल सितोरियो कराते संघ दार्चुलाको अध्यक्षमा तोरनप्रसाद अवस्थी चयन भएका छन् । सदरमुकाममा शनिबार भएको भेलाले अवस्थीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

सितोरियो कराते संघ दार्चुलाको अध्यक्ष अवस्थी

संघको उपाध्यक्षमा उपेन्द्र पाल, सचिवमा लोकेन्द्रसिंह धामी, सहसचिवमा राजेन्द्र विष्ट, कोषाध्यक्षमा गिता महरा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पदमसिंह धामी, रमेश ठगुन्ना, सर्मिला हृयाकी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, दिपक बडू, महेश लुहार, ममता ऐतवाल, विशनसिंह बुढाथोकी, हरेन्द्र चन्द र उपेन्द्र धामी चयन भएका छन् ।

त्यसैगरी भेलाले संघको प्रदेश प्रतिनिधिमा अध्यक्षसहित उपेन्द्रबहादुर पाल, लोकेन्द्रसिंह धामी, राजेन्द्र विष्ट र गीता महरालाई सर्वसम्मतिले चयन गरिएको सितोरियो करातेका मुख्य प्रशिक्षक ओमकार गिरीले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×