कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
महिला विश्वकप २०२३

इंग्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया बाहिरियो

कान्तिपुर संवाददाता

सिड्नी — इंग्ल्यान्डले नयाँ इतिहास रच्दै बुधबार पहिलो पटक महिला विश्वकपको फाइनल यात्रा तय गरेको छ । युरोपेली च्याम्पियनसमेत रहेको इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सह–आयोजक अस्ट्रेलियालाई ३–१ ले हरायो ।

इंग्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया बाहिरियो

अब उपाधि भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ र आइतबार हुने यो खेलले महिला विश्वकपलाई नयाँ च्याम्पियन दिनेछ । हारसँगै अस्ट्रेलियाको प्रतियोगितामा अद्धितीय यात्रा टुंगेको छ ।

स्टेडियम अस्ट्रेलियामा भएको खेलमा इंग्ल्यान्डले ३६ औं मिनेटमा इला टुनको गोलको मद्दतले अग्रता लिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा कप्तान साम केरले बराबरी गोल फर्काइन् ।

बराबरीको यो स्थितिमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई दबाबमा राखे पनि त्यसको फाइदा उठाउन सकेन । इंग्ल्यान्डका लागि उलरेन हेम्पले ७१ र एलिसा रुसोले ८६ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे ।

प्रकाशित : श्रावण ३१, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×