कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

क्रिकेट संघ दार्चुलामा भट्ट

मनोज बडू

दार्चुला — दार्चुला जिल्ला क्रिकेट संघको अध्यक्षमा देवेन्द्र भट्ट पुन: निर्विरोध चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा आइतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । संघको उपाध्यक्षमा हर्कबहादुर ठगुन्ना, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा विक्रमसिंह बडाल चयन भएका छन् । 

क्रिकेट संघ दार्चुलामा भट्ट

त्यस्तै सदस्यहरुमा भोजराज जोशी, धनेन्द्रसिंह धामी, कैलाश ठगुन्ना, तेज कार्की, हरिप्रसाद भट्ट, मिरा भट्ट, इन्द्रदेव पन्त र भुवन जोशी चयन भएको निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले बताए ।

अधिवेशन उद्घाटन सत्रमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पहाडी जिल्लाहरुमा मैदानको अभावका कारण खेलाडी उत्पादनमा समस्या आएको बताए । जिल्ला संघले स्थानीय तहको सहयोगमा प्रतियोगिताहरु आयोजना गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने भन्दै उलने त्यसका लागि नेपाल क्रिकेट संघले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष चन्दले चार वर्षमा हुने नेपाल क्रिकेट संघको महाधिवेशनका लागि अहिले जिल्ला संघको निर्वाचन चलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका बाजुराबाहेकका ८ जिल्लासँगै देशभरबाट ४६ जिल्लामा क्रिकेट संघ गठन गरिएको उनले जानकारी दिए ।


प्रकाशित : श्रावण २१, २०८० १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×