कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

मनास्लु बास्केटबल च्याम्पियन

काठमाडौँ — आयोजक मनास्लु वर्ल्ड कलेजले तेस्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु कोर्टमा बुधबार सम्पन्न फाइनलमा मनास्लुले यूजेएलाई २१–१४ स्कोरले पराजित गर्‍यो । मनास्लुका पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे ।

मनास्लु बास्केटबल च्याम्पियन

मनास्लुकै तुसार महर्जनले ६ र कोसिस भुजेलले ४ स्कोर जोडे । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल र यूजेएले आदिम कलेजलाई हराएर फाइनल तय गरेका थिए ।

मनास्लुले १५ हजार र यूजेएले ७ हजार रुपैयाँ पुरस्कार पाए । विजेता र उपविजेता टोलीका खेलाडीले नगदसहित छात्रवृत्ति पाउनेछन् ।

मनास्लुका तुसार महर्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । तुसारले छात्रवृत्ति पाउने संयोजक सुनिल योञ्जनले बताए ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले पुरस्कृत गरे ।

प्रकाशित : श्रावण ३, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×