कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तेक्वान्दोका निर्णायक खड्का उत्कृष्ट

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का दक्षिण कोरियाको सोङ्नाममा आयोजित  सोङ्नाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक भएका छन् ।

तेक्वान्दोका निर्णायक खड्का उत्कृष्ट

जुलाई १४ देखि १६ सम्म भएको प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले सोही प्रतियोगिताअघि विश्व तेक्वान्दोको हेडक्वाटरमा भएको अन्तर्राष्ट्रिय पुम्से डान एक्जामिनर कोर्समा सहभागिता जनाएका थिए ।

दक्षिण कोरिया पुग्नुअघि ग्यारोगी, पुम्से र पारा विधाका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अस्ट्रेलियामा भएको विश्व वरीयताको जी–२ अन्तर्गतका स्पर्धा अस्ट्रेलियन ओपन, ओसानिया ओपेन र प्रेसिडेन्ट कप गरी तीन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : श्रावण १, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×