कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बास्केटबलमा नेपाल विजयी

काठमाडौँ — नेपालले माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा पहिलो विजय हात पारेको छ । नेपालले बिहीबारको रोमाञ्चकपूर्ण खेलमा पाकिस्तानलाई ६६–६२ को स्कोरमा पराजित गर्‍यो ।

बास्केटबलमा नेपाल विजयी

नेपाल पहिलो क्वाटरमा पाकिस्तानसँग ११–१५ ले पछाडि परेको थियो । दोस्रो क्वाटर पनि पाकिस्तानले अग्रता लिनेक्रममा नेपाललाई ३३–२८ ले पछाडि राख्यो । तेस्रो क्वाटरमा नेपालले अग्रता लिँदै पाकिस्तानलाई दबाबमा राख्न सुरु गरेको थियो । तेस्रो क्वाटरमा पुग्दा नेपाल ४९–४५ ले अगाडि रह्यो ।

चौथो तथा अन्तिम क्वाटरमा दुवै टोलीले समान १७ स्कोर गरेपछि नेपाल विजयी भएको हो । बुधबार नेपाल पहिलो खेलमा भुटानसँग ६६–५१ ले स्तब्ध भएको थियो । भुटानले उक्त खेलमा चारै क्वाटरमा नेपाललाई पछाडि राखेको थियो । नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित : असार १, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×